छत्रभुमी बोर्डिङ स्कुलको १६ औं वार्षिकोत्सब सुरु



Sunil Neupane


गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १ पौदी अमराईमा अवस्थित श्री छत्रभूमि बोर्डिङ स्कुलको १६ औं वार्षिक उत्सव तथा विविध सांस्कृतिक कार्यक्रम आज बाट सुरु भएको छ।

कार्यक्रमको पहिलो दिन आज  बिधालयका आन्तरिक कार्यक्रम,पिटी प्रदर्सन अभिभावक बीच कुर्सी दौड,नतिजा प्रकाशन गरिएको बोर्डिङका संचालन सुनिल थापाले जानाकारी दिनु भएको छ। कार्यक्रमको दोस्रो दिन अर्थात पौष २९ गते सांस्कृतिक कार्यक्रम अन्तरगत लोक तथा दोहोरी गायक ओम सञ्चुरी,गायिका बिष्णु श्रीपालि,स्थानीय कलाकार  लगायत लाइभ बाजा समेत रहेको संचालन थापाले बताउनु भएको छ।

संचालक समितीका सदस्य,अभिभावक तथा मुसिकोट बासीलाई कार्यक्रममा सहभागीको लागि पत्राचार गरिएको छ थापाले भन्नू भयो कार्यक्रममा सहभागी भएर कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने छ।


तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया