शिक्षक र विद्यार्थीको हकहितको लागी साथ दिन्छौं: अध्यक्ष काफ्ले



Sunil Neupane


नेकपा एमाले गुल्मी मुसिकोट नगरकमिटी अध्यक्ष प्रकाश काफ्लेले शिक्षक र विद्यार्थीको हकहितको लागी साथ दिन तयार रहेको बताउनु भएको छ।

 

सोमबारमुसिकोट नगरपालिका वडा नम्बर १ पौदी अमराईमा अवस्थित श्री छत्रभूमि बोर्डिङ स्कुलको १६ औं वार्षिक उत्सव तथा विविध सांस्कृतिक कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै अध्यक्ष काफ्लेले  विद्यार्थीको पढाइको मुल्यांकन स्कुलमा मात्र नभइ घरमा समेत ध्यान दिन आग्रह गर्नु भएको छ।

छत्रभूमि बोर्डिङ स्कुलको वार्षिकोत्सबको सफलताको शुभकामना दिदै उहाँले बोर्डिङले स्थानीय स्तरमा रहेर पनि गुणस्तरीय शिक्षामा अब्बल रहेकोमा खुसी व्यक्त गर्नु भएको छ। सम्पुर्ण स्तरका शिक्षक तथा विद्यार्थीको पक्षमा रहेको बताउदै काफ्लेले आफ्ना समस्या भए राख्न र त्यस्तो समाधानका उपाए खोज्न आफुहरु लाग्ने बताउनु भएको छ।

पछिल्लो समय मुसिकोटको शिक्षा क्षेत्रमा देखिएको सकारात्मक परिवर्तनले राम्रो परिणाम दिने र निजि क्षेत्रका बिधालयले पनि मुसिकोटमा राम्रो प्रभाव पारेको अध्यक्ष काफ्लेको दाबी रहेको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया