मुसिकोटका नागरिकले चाहे अनुसरण काम भएन: नेता खडका



Sunil Neupane


नेकपा माओवादी केन्द्रका नेता दुर्गा खडकाले मुसिकोट नगरपालिकाका नागरिकले चाहे अनुसारको बिकास हुन नसकेको बताएका छन।  गत स्थानीय तहको निर्वाचनमा मुसिकोट नगरपालिका वडा नं-३ मा वडा अध्यक्षको उम्मेदवार बनेका खडका झिनो मतान्तरले पराजित भए तर पनि वडाका विकास निर्माणमा कार्यमा सकृय नै छन।

मुसिकोट नगरपालिकामा नागरिकको जुन इच्छा र सोचाइ थियो जस अनुसार काम हुन नसकेको नेता खड्काले बताए। युवाहरूलाई नगर मै रोजगार दिएर टिकाउन कुनै योजना बनाउन नसक्दा कयौं युवा देश छोडेर जान बाध्य भएको उनको भनाइ छ।

नगरपालिका बाट धेरै नागरिकले गुनासो गर्दै आएका छन हामी स्थानीय सरकार भन्दा बाहिर छौँ उनले भने नागरिकका कुरा सुन्नुको विकल्प बाहेक अरु रहेन। नगरपालिकाले आगामी दिनमा कसरी अगाडि बढ्ने भावी योजना के हुन यी यस्ता बिषयमा नगरपालिका भित्रका बौद्धिक नागरिक बाट सुझाव संकलन गर्न समेत आग्रह गरेका छन।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया