गुल्मीको मुसिकोट नगरपालिका वडा नं-२ का वडा अध्यक्ष रबिन्द्र केसीले खेलकुद क्षेत्रमा मुसिकोट नगरपालिका वडा नं-२ नगरपालिका मै अगाडि रहेको बताउनु भएको छ। निस्ती रिभर साईड युथ क्लबले आयोजना गरेको खुल्ला भलिबल प्रतियोगिताको सफलताको शुभकामना दिदै सनिवार स्काई बहस सङ्ग कुरा गर्दै सो कुरा बताउनु भएको छ।
वडामा वडा अध्यक्ष कप देखी वडामा क्रियासिल संघ संस्थाले खेलकुदका कार्यक्रम गर्दै आएका छन। हालसम्म तेस्रो वडा अध्यक्ष कप सम्पन्न भैसकेको छ भने आगामी बर्ष चौथो वडा अध्यक्ष कप हुने छ तर हाल सम्मका वडा अध्यक्ष कप कार्यक्रममा स्थानीयकै आर्थिक र भौतिक सहयोग बाट सम्पन्न भएको र खेलाडीलाई उत्साहितको लागि वडा कार्यालय बाट पनि राम्रो सहयोग भैरहेको वडा अध्यक्ष केसीले बताउनु भयो
खेलकुद विकासको लागि आगामी बर्ष बाट छुट्टै किसिमका कार्यक्रम बनाइ आवश्यक बजेट व्यवस्थापन गर्ने गरि अगाडि बढेको वडा अध्यक्ष केसीको भनाइ छ।
वडा भित्र रहेको खेलमैदान मध्य लुरुङ्ग खेलमैदान र देउराली खेलमैदानमा आवश्यक काम गरिसकिएको र थप बजेटमा पनि वडा समितीमा सल्लाह भएको उहाको भनाइ छ।
मुसिकोट नगरपालिका २ मा अवस्थित दरबार टोलमा खेलमैदानको अत्यन्तै अभाव थियो ।उक्त खेलमैदान निर्माणमा वडा अध्यक्ष केसीको व्यक्तिगत सहयोगमा २३ घन्टा डोजर तथा केहि कामदार लगाएर खेलमैदान निर्माण गरिदिएको साथै वडा भित्रका खेलाडीलाई खेल सामाग्री देखी खेलकुद कार्यक्रममा व्यक्तिगत आर्थिक सहयोग गरेको त्यसै क्षेत्रका खेलाडी तथा स्थानीयले जानकारी दिएका छन