रानीवन खेलमैदान: खै स्थानीय सरकार ?



Sunil Neupane


गुल्मीको मुसिकोट नगरपालिका ३ मा अवस्थित रानीवन खेलमैदान अलपत्र परेको छ। २०७५ सालमा सोही वडामा रहेको समाबेशी बाल क्लबले देउसी भैलो खेलेर उठाएको रकमबाट खेलमैदान निर्माण गरिएको थियो।

मुसिकोट नगरपालिकाका पुर्व मेयर सोमनाथ सापकोटा रहदा क्लब र नगरपालिका बीचको साझेदारीमा निर्माण गरिएको खेलमैदान अहिले आएर अलपत्र परेको हो। उक्त खेलमैदानमा पेगाँ,खिल्ली,जलुके धरमपानी लगायतका खेलाडीले खेलको विकास गर्ने स्थलको रुपमा रहेपनी स्थानीय सरकारले चासो नदिदा खेलाडी मर्कामा परेका हुन। खेलमैदानमा खेराबारको अभावमा खेलाडीले अत्यन्तै दुख पाएको र नजिकको खेलमैदान छोडेर खेल खेल्न टाढा जानू परेको रानिवन खेलमैदानका अध्यक्ष दुर्गा खडकाले बताए।

खेलमैदान निर्माण भएको ६ बर्ष बितिसक्दा समेत खेलमैदानको काम पुर्ण सम्पन्न गर्न नसक्दा उद्द्घाटन समेत गर्न नसकेको अध्यक्ष खडकाको भनाइ छ। खेलमैदान आसपासको भौगोलिक अवस्था हेर्दा आवस्यक अनुसारको बजेट भएमा वडामै नमुना खेलमैदान हुने स्थानीयको भनाइ छ तर स्थानीय सरकारले चासो नदिदा खेलमैदान अधुरो मै रहने हो कि भन्ने त्यस क्षेत्रका खेलाडीहरुको चिन्ता रहेको छ।

रानिवन खेलमैदानका सचीव सुनिल न्यौपानेका अनुसार धेरै दुख गरेर पैसा उठाएको र सोही अनुसार काम पनि गरेको तर खेलमैदानमा सोचे अनुसार काम गर्न नसक्दा खेलाडी देखी स्थानीयको गुनासो सुन्न परिरहेको बताए। सचीव न्यौपानेका अनुसार खेलमैदान खेराबार, खेलमैदान व्यवस्थित,खेलमैदानमा ट्रस्ट,पोल व्यवस्थापन,खानेपानी व्यवस्थापन लगायतका थुप्रै काम बाकी रहेको र माथि उल्लेख भए अनुसार काम सम्पन्न भएमा वडाकै सुबिधा सम्पन्न नमुना खेलमैदान हुने उनको दाबी छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया