निस्ती रिभर साईड युथ क्लब द्वारा भलिबल प्रतियोगिता हुँदै



Sunil Neupane


निस्ती रिभर साईड युथ क्लब  नगरपालिका २ निस्ती गुल्मीको आयोजनामा खुला वडा स्तरीय भलिबल प्रतियोगिता,रेकर्ड डान्स प्रतियोगिता तथा गोरु जुदाई प्रतियोगिता कार्यक्रम हुने भएको छ। माघ १७ देखी १९ गते सम्म संचालन हुने कार्यक्रममा स्थानीय देखी राष्ट्रिय कलाकारको समेत प्रस्तुति रहने कार्यक्रम संम्योजक दुर्गा सिंह ठकुरीले जानकारी दिनु भएको छ।

भलिबल तर्फको प्रथम पुरस्कार २५ हजार प्रमाणपत्र मेडल, दोस्रो पुरस्कार १५ हजार प्रमाणपत्र मेडल रहेको र टिम प्रवेश शुल्क १५ सय राखिएको कार्यक्रमका खेल सम्योजक जनक सिंह ठकुरीले बताउनु भयो।

त्यस्तै कार्यक्रममा खुल्ला रेकर्ड डान्स प्रतियोगिता समेत रहेको छ जसको प्रथम पुरस्कार २५ सय प्रमाणपत्र मेडल, दोस्रो पुरस्कार १५  सय प्रमाणपत्र मेडल, तेसो पुरस्कार ५ सय प्रमाणपत्र र मेडल रहेको छ भने दर्ता शुल्क १ सय कायम गरिएको छ।
त्यस्तै गोरु जुदाई प्रतियोगिताको प्रथम पुरस्कार ३ हजार प्रमाणपत्र मेडल,दोस्रो पुरस्कार २ हजार प्रमाणपत्र मेडल,तेस्रो पुरस्कार १ हजार छ भने जसको प्रवेश शुल्क २ सय कायम गरिएको छ।

संस्थाका अध्यक्ष कर्ण बहादुर रायमाझीका अनुसार निस्तीमा विगतका बर्षहरुमा पनि यी यस्ता कार्यक्रम हुँदै आएको र यस बर्षबाट रिभर साईड निस्ती संस्था गठन गरि कार्यक्रम संचालन गर्न लागिएको बताउनु भयो।

मुसिकोट नगरपालिका वडा नं २ कै गौरवको कार्यक्रमको रुपमा सोची सम्पुर्ण वडा बासीले कार्यक्रम सफल बनाउन आ आफ्नो ठाँउबाट भुमिका खेल्दिन संस्थाका सचीव नर बहादुर थापाले अनुरोध गर्नु भएको छ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया