सागर थापा बुटवल ,गुल्मी जिल्लाको मुसिकोट नगरपालिका का पुर्व मेयर सोमनाथ सापकोटाले यो जटिल परिस्थितिमा स्वदेश मै टिक्न सक्नु ठुलो कुरा रहेको बताउदै आफू समग्र व्यवसायीको हक हितको पक्षमा रहेको बताएका छन । शुक्रबार मुसिकोट नगरपालिका ३ जलुके जन्म घर भइ हाल बुटवलमा बिगत १४ बर्ष यता मोबाइल व्यवसाय गर्दै आएका Q Link Store Mobile Center का संचालक ऋषि न्यौपानेलाई भेट्दै पुर्व मेयर सापकोटाले यस्तो बताएका हुन ।
स्काई बहस सङ्ग कुरा गर्दै सापकोटाले मुसिकोट जन्म घर भइ पालिका बाहिर व्यवसाय गर्दै आइरहनु भएका सबै प्रति स्वदेशमै टिक्न सकिन्छ भन्ने उदाहरण दिएकोमा धन्यवाद समेत व्यक्त गरेका छन। १४ बर्षको यात्रामा Q link Store Mobile Center ले शाखाको रुपमा थप एक शाखा राख्न सफल भएको र अन्लाईन माध्यम बाट समेत आफ्नो सेवालाई बिस्तार गरेको साथै रोजगारका बाटाहरु समेत तय गरेको प्रति खुसी व्यक्त गरेका छन। बोल्दै पुर्व मेयर सापकोटाले आफू मुसिकोटको मेयर रहिरहदा कयौं व्यापारीलाई संमान र हौसला सम्बन्धि कार्यक्रम गरेको र आगामी दिनमा समेत देशको अर्थतन्त्रलाई टेवा पुग्ने अभियानमा व्यवसाय बाट सहयोग गरिरहेका व्यवसायीलाई राज्य र स्थानीय तहले समेत व्यवसाय लक्ष्यित कार्यक्रम गरिनु पर्ने उनको भनाइ छ।
छोटो भेटघाटको लागी बुटवल आएका सापकोटा महत्त्वपूर्ण भेटघाटमै व्यस्त छन। पुर्व मेयर सापकोटा र Q link Store Mobile Center का संचालन न्यौपाने परिवार सङ्ग पारिवारिक रुपमा अत्यन्तै नजिक रहेको हुँदा व्यवसायीक सफलताको शुभकामना व्यक्तको लागी भेटघाट गरेको बताएका छन। अन्तिममा बोल्दै पुर्व मेयर सोमनाथ सापकोटाले सबै व्यवसायीलाई सफलताको शुभकामना दिएका छन। समग्र रुपमा मुसिकोट नगरपालिकाको बिकास, प्रचारप्रसारमा सबै तहका व्यापारी,पत्रकार कर्मचारी लगायत मुसिकोटका आम नागरिक एक जुट हुन समेत उनले आग्रह गरेका छन।
