काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न स्थानमा ८ जना मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौँ महानगरपालिका-८ गौशालाबाट बनकाली जाने बाटोको सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
लमजुङ, मर्स्याङदी गाउँपालिका-९ लामागाउँमा बेसीशहर नगरपालिका-६ भैयाश्वर बस्ने ६५ वर्षीय सिंह बहादुर रिमाल शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-१८ पंडितपुरस्थित माछा पोखरीमा सोही ठाउँ बस्ने ३० वर्षीया गिता चौधरी शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
चितवन, भरतपुर महानगरपालिका-४ शिवघाटस्थित नारायणी नदीको किनारमा सोही महानगरपालिका-११ बसेनी बस्ने २५ वर्षीय सिदार्थ गुरूङ शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
मोरङ, पथरीशनिश्चरे नगरपालिका-१ गोस लाइनमा झापा कमल गाउँपालिका-५ बस्ने ४१ वर्षीय राजन कार्की शनिबार मृत अवस्थामा फेला परेका छन् ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१ जरूवाटोलस्थित राप्ती खोलामा सोही उपमहानगरपालिका-१ लालझाडी बस्ने ३६ वर्षीय राज कुमार ब्लोन शनिबार मृत अवस्थामा फेला परेका छन् ।
रामेछाप, खाँडादेवी गाउँपालिका-४ खल्लरीस्थित तामाकोशीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
रोल्पा, लुङ्ग्री गाउँपालिका-६ तल्लो गुम्चाल बस्ने २१ वर्षीय देवेन्द्र बिष्ट सोही गाउँपालिका-७ लखर्केस्थित भिरमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।