काठमाडौँ । सर्लाहीको बागमती नगरपालिकाबाट प्रहरीले लागु औषधसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागमती नगरपालिका वडा नम्बर–७ निमिचोक घर भएका ३५ वर्षीय मोहन बहादुर योञ्जनसहित ३ जना छन् ।
उनीहरुको साथबाट लागु औषध ओनेरेक्स १ सय मिलिलिटरको ७ बोतल र कोडेडाइल–टि १ सय मिलिलिटरको ३ बोतल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
मोहन बहादुरको घर तलासी गर्दा सो लागु औषध फेला परेको प्रहरीले जनाएको छ । उनीहरूले प्रयोग गरेको २ थान मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।