मनरुपा अर्चित फाउन्डेसन द्वारा रेडक्रसलाई फर्निचर सहयोग



Sunil Neupane


गुल्मीको मुसिकोट नगरपालिका वडा न.१ भर्मचौर घर भइ हाल अस्टे्रलियामा रहेका मनरुपा अर्चित फाउन्डेसनका अध्यक्ष प्रकास अर्याल र उहाँको श्रीमती सावित्र अर्यालले नेपाल रेड्क्रस सोसाइटी मुसिकोट नगरपालिका १ नेटा उपशाखालाई फर्निचर सहयोग गरेका छन।

 

उपशाखाको आठौं अधिबेशनको अबसरमा फाउन्डेसनका अध्यक्ष प्रकाश अर्यालका बुवा जीवन अर्याल मार्फत ३० हजार बराबरको फर्निचर सहयोग भएको छ।
२०७३ साल असोज १७ गते पोखरामा भएको बस दुर्घटनामा परी फाउन्डेसनका अध्यक्ष प्रकाश अर्यालको आमा मनरुपा अर्याल र सोही घटनामा उनकै छोरा अर्चित अर्यालको मृत्यु भएपछी आमा र छोराको सम्झनामा मनरुपा अर्चित फाउन्डेसन स्थापना गरि कयौं दुखी गरिब र संघ संस्थालाई सहयोग गर्दै आएको अध्यक्ष अर्यालले बताउनु भएको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया