सुनिल न्यौपाने बुटवल ,नेपाल रेडक्रस सोसाइटी मुसिकोट बडागाउँ उपसमितिको आठौं साधारण सभा तथा चौथो अधिबेशन बाट अध्यक्षमा मदनदिप घिमिरे सर्वसम्मत निर्वाचित हुनु भएको छ।
आइतबार मुसिकोट नगरपालिका ३ ठुलापोखरामा अवस्थित आफ्नै भवनमा सम्पन्न अधिबेशनबाट मदनदिप घिमिरेको अध्यक्षतामा ११ सदस्यीय सर्वसम्मत समिती चयन भएको र जसको उपाध्यक्षमा साबित्रा घिमिरे,सचीव बोम बहादुर छन्त्याल,सहसचिव महेन्द्र घिमिरे,कोषाध्यक्ष यम बहादुर घिमिरे,सहकोषाध्यक्ष सुमेन्द्र सिंह ठकुरी रहनु भएको छ भने सदस्यहरुमा बसन्त अधिकारी,साबित्रा जि सी,कमला आचार्य,कृष्ण शुर्यवंसी र नरिनाराय्ण घिमिरे रहनु भएको नेपाल रेडक्रस सोसाइटी गुल्मीका उपमहामन्त्री तथा निर्वाचन अधिकृत महेन्द्र भण्डारीले जानकारी दिनु भएको छ।
कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै नेपाल रेडक्रस सोसाइटी गुल्मीका कोषाध्यक्ष ज्ञानहरी सापकोटाले संस्थाले निस्वार्थभावले काम गर्न अनुरोध गर्नु भएको थियो। सापकोटाले जनहितमा काम गर्ने संस्था रहेको हुँदा नागरिकको पक्षमा चासो र चिन्ता राख्न समेत अनुरोध गर्नु भएको छ।